Logo

यी हुन मुटुलाई स्वस्थ राख्ने खानेकुराहरू



काठमाडौं, ७ भदौ । हाम्रो शरीरको सबैभन्दा महत्वपुर्ण अंग भनेको मुटु हो । मुटुबिना कुनैपनि प्राणीको जीवन असम्भव छ । हामीले हाम्रो जीवन सहज बनाउन मुटुलाई स्वस्थ राख्न जरुरी हुन्छ । मुटुलाई स्वस्थ राख्न हामीले धेरै कुराहरुमा ध्यान दिनुपर्दछ । मुटुलाई स्वस्थ राख्नको लागि हामिले विशेषगरि खानपानमा ध्यान दिनुपर्दछ । मुटुलाई स्वस्थ राख्न हामिले विभिन्न प्रकारका खानेकुराहरु प्रयोग गर्न सक्दछौं ।

१. एन्टिअक्सिडेन्ट धेरै भएको खानेकुरा – एन्टिअक्सिडेन्ट धेरै फलफुल तथा तरकारीमा पाइएतापनि सबैभन्दा बढी एन्टिअक्सिडेन्ट कालो अंगुर र बेरीमा पाइन्छ । त्यसैले एन्टिअक्सिडेन्ट भएको खानेकुरा खानाले हाम्रो मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ ।

२. फाइबरयुक्त खाना – फाइबर भएको खानेकुरा प्रयोग गर्नाले हाम्रो मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ । फाइबरयुक्त खानाले कलेस्टेरोल जम्मा हुँदैन, ट्राइगलेटसाइड कम हुन्छ, डाइबिटिज बिरामीलाई फाइदा गर्दछ, ब्लडप्रेसर कम गर्न गर्ने जस्ता थुप्रै कामहरु गर्दछ । सबैभन्दा बढी फाइबर स्याउको बोक्रामा, नास्पाती र स्ट्रबेरी जस्तै थुप्रै खानेकुरामा पाइन्छ ।

३. सलाद – सलादले पनि हाम्रो स्वास्थ्यमा निकै फाइदा गर्दछ । बन्दागोभीको पात, गाँजर, मुला, काक्रो, टमाटरजस्ता थुप्रै खानेकुरालाई काँचै सलादको रुपमा खाने गर्नाले हाम्रो मुटुलाई निकै फाइदा पु¥याउदछ । सलादमा एन्टिअक्सिडेन्ट, फाइबर, मिनरल जस्ता गुणहरु पाइन्छ र तौल घटाउनमा पनि मद्दत गर्दछ ।

४. फलफु तथा जुस – जुनसुकै फलफुल वा त्यसको जुस बनाएर खानाले हाम्रो मुटुलाई स्वस्थ राख्न ठुलो सहयोग गर्दछ । फलफुुलको जुर बनाएर खानाले मिनरल्स प्रशस्त मात्रामा पाइनेहुनाले मुटुलााई धेरै फाइदा मिल्दछ ।

५. ओट्स – ओट्सले पनि मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ ।

६. हारियो सागसब्जी – हरियो सागसब्जिमा एन्टिअक्सिडेन्ट, फाइबर जस्ता मुटुलााई स्वस्थ राख्ने धेरै गुणहरु पाइन्छ । जसले मुटुलाई मात्र नभई शरीरको विभिन्न भागहरुमा समेत फाइदा पु¥याउदछ ।

७. अंकुरित दाल – दालले पनि हाम्रो मुटु र शरीरको अन्य भागलाई स्वस्थ राख्न ठुलो मद्दत गर्दछ ।

८. गहुँको पिठो – हामीले प्रयोग गर्ने बजारमा पाइने पिठोमा भन्दा मिलमा पिसेको गँहुको पिठोले मुटुलाई स्वस्थ् राख्न मद्दत गर्दछ ।

९. ग्रिन टी –ग्रिन टीमा एन्टिअक्सिडेन्ट धेरै मात्रामा पाइनेहुनाले मुटुको स्वास्थ्यको लागि राम्रो मानिन्छ



प्रतिक्रिया दिनुहोस्

Screenshot