Logo

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं, भदौ ८ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ कायम गरिएको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ८२ पैसा र बिक्री दर १३२ रूपैयाँ ४२ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४३ रूपैयाँ ०९ पैसा र बिक्री दर १४३ रूपैयाँ ७४ पैसा कायम गरिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २४ पैसा र बिक्री दर १६८ रूपैयाँ, अस्ट्रेलियन डलर एकको खरिद दर ८५.५ रुपैयाँ र बिक्री दर ८५.४४ रुपैयाँ  कायम गरिएको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १६ पैसा र बिक्री दर ३६ रूपैयाँ ३३ पैसा, साउदी रियाल एकको खरिद दर ३५.१४ रुपैयाँ बिक्री दर ३५.३० रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै,  मलेसियन रिंगिट एकको खरिद दर २८.३८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५१ रुपैयाँ र कुवेती दिनार १ को खरिदमूल्य ४२७.५५ पैसा विक्रीदर ४२९.५ पैसा कायम गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्