Logo

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गरे आत्मसमर्पण



काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन्।

२०२० को चुनावमा पराजयको नतिजा उल्ट्याउन खोजेको अभियोगमा उनीविरुद्ध मुद्दा चलिरहेको छ।

बीबीसीका अनुसार जेलबाट ट्रम्पको आधिकारिक तस्बिर, जसलाई मगसट भनिन्छ, जारी गरिएको छ। ट्रम्पको मगसट सार्वजनिक भएको यो पहिलोपटक हो। यद्दपि उनी तत्कालै धरौटीमा रिहा भएका छन् । बीबीसीका अनुसार उनी दुई लाख डलर धरौटीमा रिहा भएका हुन्।

पूर्वराष्ट्रपति ट्रम्पले सन् २०२० भएको राष्ट्रपतिको निर्वाचनका क्रमा जर्जियामा नतिजा उल्टाउन खोजेको आरोपमा १३ अभियोग सामना गरिरहेका छन्।

९८ पृष्ठको अभियोगपत्रमा ट्रम्पले चुनावी नतिजालाई ‘आपराधिक रूपमा’ परिवर्तन गर्न ‘गैरकानुनी षड्यन्त्र’ गरेको उल्लेख छ।

साथै ट्रम्पविरुद्ध चुनावमा धाँधली भयो भनी झुटो दाबी पेस गरेको आरोप पनि छ। तर ट्रम्पले सबै आरोप अस्वीकार गरिरहेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot