Logo

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं, भदौ ९ । अमेरिकी डलरको भाउ आज थोरै बढेको छ। नेपाल राष्ट्र बैंकद्वारा जारी विदेशी मुद्राको विनिमय दरअनुसार शनिबार १ अमेरिकी डलरको खरिद दर १३१.९४ रुपैयाँ रहेको छ। आज १ अमेरिकी डलरको बिक्री दर १३२.५४ रुपैयाँ रहेको छ। शुक्रबार १ अमेरिकी डदरको खरिद दर १३१.८२ रुपैयाँ र बिक्री दर १३२.४२ रुपैयाँ थियो।

शनिबार युरोपियन युरोको भाउ घटेको छ। शुक्रबार १ युरोको खरिद दर १४३.०९ रुपैयाँ र बिक्री दर १४३.७४ रुपैयाँ रहेकोमा आज १ युरोको खरिद दर १४२.३८ रुपैयाँ र बिक्री दर १४३.०२ रुपैयाँ तय भएको छ।

बेलायती पाउन्ड स्टर्लिङको भाउ पनि आज घटेको छ। १ पाउन्ड स्टर्लिङको आज खरिद दर १६६.०६ रुपैयाँ तय हुँदा बिक्री दर १६६.८१ रुपैयाँ रहेको छ। हिजो १ पाउन्ड स्टर्लिङको खरिद दर १६७.२४ रुपैयाँ र बिक्री दर १६८ रुपैयाँ थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot