Logo

‘ब्रहम्पुरी गाउँपालिकाको जनसंख्या घट्नु चिन्ताको विषय’



बखतियार अलि
सर्लाही भदौ १०। सर्लाहीका ब्रहम्पुरी गाउँपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र राउतले केहि वर्षकै अन्तरालमा यस गाउँपालिकाको जनसंख्या ३४ हजार ६ सय २५ बाट घटेर २८ हजार ५ सय ७ मा झर्नु चिन्ताको बिषय रहेको बताएका छन् ।

सर्लाहीका अरु गाउँपालिकाहरुको जनसंख्या दिनानुदिन वृद्धि भएको अवस्थामा ब्रहम्पुरी गाउँपालिकाको जनसंख्या बढनुको साटो केहि वर्षको अन्तरालमा ६ हजार १ सय १८ जनाको हिसाबले घटेर जानु चिन्ताको विषय रहेको निमित उनले बताए ।

आइतवार ब्रहम्पुरी गाउँपालिकाको नोकैल्वामा नवनिर्मित स्वास्थ्य संस्था बंर्थिगं सेन्टरको उदघाटन कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएका मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंह र प्रदेश सभा सदस्यद्धय जंगीलाल राय, कौशल किशोर रायलाई निमित प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र राउतले यस पालिकाको जनसंख्या दिनानुदिन घटदै गएको प्रति ध्यानाकर्षण गराउँदै उक्त कुरा बताएका हुन् ।

नवनिर्मित स्वास्थ्य संस्था बंर्थिगं सेन्टरको उदघाटन कार्यक्रमको अध्यक्षता गर्दै गाउँपालिकाका अध्यक्ष रामपदारथ साहले मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहलाई भव्य स्वागत तथा अभिनन्दन गरेका थिए । उदघाटन भएका बर्थिग सेन्टरबाट ७० प्रतिशत महिलाहरुको स्वास्थ्य समस्या समाधान हुने गा.पा. अध्यक्ष साहले बताए ।

सर्लाही जिल्लामा जनताको आधारभुत आवश्यकता स्वास्थ्य सेवा पछाडी परेकोले यसलाई सुधार गर्न स्वास्थ्य मन्त्री सिंहलाई गा.पा. अध्यक्ष साहले आग्रह समेत गरे । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंह भने आफु यसै जिल्लाबाट निर्वाचित भएर मन्त्री बनेकोले स्वास्थ्य सेवालाई चुस्तदुरुस्त बनाउन आफुले कुनै कसर बाकी नराख्ने वहाले प्रतिबद्धता व्यक्त गरे ।

ब्रहम्पुरी गाउँपालिकाको दुर्गम ठाउमा पर्ने नोकैल्वामा बंर्थिगं सेन्टरको उदघाटन भएपछि स्थानीय जनताहरु खुसि भएका छन् । कार्यक्रममा पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र राय यादव, प्रजिअ ईन्द्रदेव यादव लगायत सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिती रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot