Logo

एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त



काठमाडौं, भदौ ११। एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन् ।

एनएलजी इन्स्योरेन्सको हालको पुँजी १,४५९,२७५,७९०.५० पैसा बराबरको प्रति शेयर अङ्कित १०० रुपैयाँको दरले १० कित्ता शेयरको ६।६ को अनुपातमा ९,६३१,२२०.२२ कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot