काठमाडौं, ११ भदौ । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले जनतामा पैदा भएको निराशालाई आशामा परिणत गर्न आफूहरुले मात्रै सक्ने दाबी गरेका छन् । उनले आफूहरुको संकल्पले नै देशलाई बनाउन सकिने विश्वास दिलाए ।
उनले लुट्नेहरुबाट देशको विकास सम्भव नभएको ठोकुवा गरे । उनले आजपा देशको वैकल्पिक शक्तिको रुपमा उदाएको दाबी गरे । प्रगतिशील र देशभक्त शक्तिहरु गोलबद्ध हुन आवश्यक रहेको उनको भनाई छ । उनले हरेक पार्टीका राम्रा मान्छेहरुबीच सहकार्य हुनुपर्ने बताए ।
पार्टीको आजबाट सुरु भएको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको उद्घाटन सत्रमा सम्बोधन गर्दै साहले यस्तो बताएका हुन् । उनले सरकारको संविधानको अपमान गरेको आरोप लगाएका छन् । उनले कोशी प्रदेश सरकार गठनलाई सर्वोच्चले दुई पटक असंवैधानिक भनिसकेको बताए । उनले भने, ‘हामी एकअर्कालाई हामी प्रतिगामी भन्छौं कोशी प्रदेशमा के भइरहेको छ रु सरकारसँग हामी जान्न चाहन्छौं रु जो सरकारमा छ त्यसैले आफू अनुकुल व्याख्या गर्ने भएपछि कसरी त्यसलाई संवैधानिक सर्वोच्चता भन्न मिल्छ ?’
पहिले राजालेजस्तै अहिले शीर्ष नेताहरूले पनि आफूअनुकूल संविधानको व्याख्या गरेको बताए । उनले भुटानी शरणार्थी प्रकरणमा जनताले गरेको आशा सपनाजस्तो भएको बताए । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले कानूनी शासन र सुशासनको स्थापित गराउँछ भन्ने विश्वास अब नरहेको बताए । ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूलाई उन्मुक्ति दिएको प्रति साहले आपत्ति जनाए ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम