Logo

राप्रपाले आज गौहत्याको बिरोधमा देशैभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई पत्र बुझाउने



काठमाडौं, भदौ १२ । राष्ट्रिय प्रजातन्त्र पार्टीले गौहत्याको विरोधमा आज देशैभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ ।

गौहत्याको विरोध, दोषीलाई कारबाही एवं विद्यमान कानुनको पालनाका लागि देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत आज दिउँसो प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot