Logo

देश रूपान्तरणका निम्ति पहिला माओवादी रूपान्तरण गर्नैपर्छ : प्रधानमन्त्री



काठमाडौं, भदौ १२। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताएका छन् ।

राष्ट्रिय सभागृहमा आज विहान पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी रूपान्तरण अनिवार्य शर्त भएको बताएका हुन् ।

प्रशिक्षणमा प्रधानमन्त्रीले भने, ‘देश रूपान्तरणको नयाँ संकल्पसहित एउटा अभियानको सुरूवात गरिएको छ। यसलाई हामी थप तीव्रता दिएर अघि बढ्छौँ। त्यसका लागि माओवादी पार्टीको रूपान्तरण अनिवार्य छ। जनतासँग माओवादी अभियानले त्यो रूपान्तरणको सुरूवात गर्नेछ।’

‘उनले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको जनाउँदै उनले भ्रष्ट्रार प्रकरणका फाईन कुनैपनि हालतमा नरोकिने बताए । उनले भने, ‘भ्रष्टाचारविरूद्भको अभियान थप तीव्र भएर जान्छ। हामीविरूद्ध घेराबन्दी छ, अनेकौं कुप्रचार छ। तर, हामी दृढताका साथ नै अघि बढ्छौँ।’

प्रधानमन्त्री प्रचण्डले अगाडी भने, ‘परम्परागत विकासको मोडेलले समृद्धिको नेतृत्व गर्न सक्दैन। यसमा गुणात्मक रूपान्तरण जरूरी छ। असफल भएको विकास मोडललाई हामीले सधै बोकेर हिँड्न सक्दैनौँ। अर्को बजेटसम्म आउँदा हामी नयाँ अर्थनीति र योजनाका साथ अगाडि जान्छौं।’

उनले नेपालको हितका निम्ति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरिएको बताउँदै त्यसको नतिजा क्रमशः आउने क्रममा रहेको जानकारी दिए । उनले भने, ‘कुटनीतिमा वर्तमान सरकारले जुन सफलता हासिल गरेको छ, यसबाट कतिपयमा छट्पटी सुरू भएको छ। १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता सानो कुरा होइन। यी कामलाई तपाईहरूले जनताको बीचमा लैजानुस्।’



प्रतिक्रिया दिनुहोस्