Logo

अर्थतन्त्रका सूचकांकहरु सकारत्मक दिशातर्फ उन्मुख : प्रधानमन्त्री



काठमाडौं, भदौ १२। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधनले बजारमा आर्थिक गतिविधि बढ्ने विश्वास लिइएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्रीले राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार अर्थतन्त्रका सूचकांकहरु सकारत्मक दिशातर्फ उन्मुख रहेको बताए ।

‘राष्ट्र बैंकले लचिलो बजार नीतिअनुसार चालु कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । उत्पादनमुलुक उद्योगका लागि ३ करोडसम्म कर्जा उपयोग गर्ने ऋणीलाई चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन नलाग्ने भएको छ’, प्रधानमन्त्रीले भने, ‘बैंकहरुले उद्योग वयवसाय वा कम्पनीहरुको सञ्चालन चक्र लगायतको आरधारमा अधिकतम वार्षिक कारोबारको ५० प्रतिशतसम्म चालु पुँजी कर्जा दिन सक्ने व्यवस्था भएको छ । यसबाट उद्योग व्यवसाय क्षेत्रलाई प्रत्यक्ष लाभ हुनाका साथैृ आन्तरिक लगानी उत्पादन वृद्धि र बजारमा आर्थिक गतिविधि बढ्ने विश्वास लिइएको छ ।’

 



प्रतिक्रिया दिनुहोस्