Logo

कांग्रेसका नेताहरुलाई प्रमाण नपुगिकनै जेलमा राखिएको भन्दै सांसद चन्दा चौधरी आक्रोशित (भिडिअ‍ोसहित)



काठमाडौं, १२ भदौ । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले नेपाली कांग्रेसका नेताहरूलाई मिडियाको समाचार, फेक न्यूजको भरमा पक्राउ गरिएको भन्दै आक्रोश पोखेकी छिन् । उनले भनिन्–‘हाम्रो कांग्रेसका नेताहरुमाथि प्रमाण नै नपुग्दा पनि कारबाही हुने अनि अरु दलका नेताहरुलाई प्रमाण आउँदापनि कारबाही नहुने ? उहाँहरुलाई चोख्याएर दुधले नुहाउने घरमा राख्ने ? हाम्रो नेताहरुलाई प्रमाण नै नराखी जेलमा राख्ने ?’

आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो आक्रोश पोखिन् । उनले संसदमा आफूलाई पीएचडी गरेको भन्ने माननीय संसदले लुगा फुकाल्दै बोल्ने, महिलाको चरित्र हत्या गर्ने काम भएको टिप्पणी गरिन् । उनको अभिव्यक्ति स्वतन्त्र सांसद अमरेशकुमार सिंहलक्षित रहेको छ ।

उनले भनिन्,‘हामीले यो कारबाही नगर्ने भनेको होइन । तर, फेक समाचारका भरमा यस्तो नहोस्, सत्यतथ्य प्रमाणित भइसकेपछि समातेर कारबाही होस् ।’ सो अवसरमा उनले इन्जिनियरिङ अध्ययनको शुल्क वृद्धिको विरोध जनाईन् । उनले अस्वभाविक रुपमा बढाईएको शुल्कवृद्धि फिर्ता लिन पनि माग गरिन् ।

https://www.facebook.com/sajhapage24/videos/857304299340995



प्रतिक्रिया दिनुहोस्