Logo

आज सिरहाको अम्वासमा एमाले सचिवालय बैठक बस्दै



काठमाडौं, भदौ १३ । सिरहाको धनगढीमाइ नगरपालिका–१४ सर्रे अम्वासमा आज नेकपा (एमाले) को सचिवालय बैठक बस्दैछ । अहिले बिहान ११ बजे बस्ने तय भएको बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गरिने नेताहरुले बताएका छन्। साथै केन्द्रीय कमिटी बैठकको मिति पनि सचिवालय बैठकले तोक्ने छ।

सर्रेअम्वासमा २०४६ मा भएको एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव चयन भएका थिए। २०४६ साल भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो। त्यही ऐतिहासिक चौथो महाधिवेशनको सम्झनामा एमालेले सो स्थानमा सचिवालय बैठक आयोजना गरेको हो।

सर्रेअम्बासमा मदन भण्डारी स्मृति विद्यालय छ। त्यसैगरी मदन भण्डारी पार्क निर्माण गरेर राजनीतिक पर्यटनको विकास गर्ने, पुस्तकालय स्थापना गर्ने योजना रहेको पोलिटव्युरो सदस्य एवं सिरहा जिल्ला इन्चार्ज सुमनराज प्याकुरेलले बताए। सोही बैठकस्थलमा ऐतिहासिक राष्ट्रिय महत्व राख्ने सहिद स्तम्भको एमाले अध्यक्ष केपि शर्मा ओलीले शिलान्यास गरिनेछ।



प्रतिक्रिया दिनुहोस्