Logo

नेपाली क्रिकेट टिमलाई सभामुख घिमिरेले दिए जितको शुभकामना



काठमाडौं,१३ भदौ । आजबाट सुरू हुन लागेको एसिया कप-२०२३ मा नेपालले आफ्नो पहिलो खेलमा आज क्रिकेटको महारथी राष्ट्र पाकिस्तानसँग खेल्दैछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

क्रिकेटको महारथी राष्ट्र पाकिस्तानसँग खेल्न लागेको नेपाली क्रिकेट टिमलाई सभामुख देवराज घिमिरेले शुभकामना दिएका छन् ।

आज एक सन्देश जारी गर्दै घिमिरेले नेपाली टिमलाई जितको शुभकामना दिएका हुन् । नेपालले आफ्नो दोस्रो खेलमा भदौ १८ गते क्रिकेटको अर्को महाशक्ति राष्ट्र भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot