Logo

गगन थापा, रवि लामिछाने र कुलमान लेण्डुप दोर्जेका सन्तान हुन्, पैसा पाए भने देश बेचेर खान्छन् : विप्लव (भिडिओसहित)



काठमाडौं, १३ भदौ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कांग्रेस महामन्त्री गगन थापा, रास्वपाका सभापति रवि लामिछाने र नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई लेण्डुप दोर्जेका सन्तानको संज्ञा दिएका छन् । त्यतिमात्रै होईन, विप्लवले यी नेताहरुलाई चन्द्रशेखर उपाध्यायको चेलाको पनि संज्ञा दिए ।

उनले भने,” यी त असमान सन्धी, सम्झौतामा हस्ताक्षर गर्ने मान्छेहरु हुन् । यिनीहरु देश बेच्ने, लेण्डुप दोर्जेका सन्तान हुन् । यिनीहरु पैसा पाए भने देश बेचेर खान तयार हुने मान्छे हुन् ।”

उनले नेपाल ५० अर्ब पैसाको दास बन्न नसक्ने टिप्पणी गरे । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेपाल युग युगसम्म स्वाधिन भएर जाने पनि उनको भनाई छ ।

उनले एमसीसी कार्यान्वयनको चरण सुरु गरिएको विषयमा घोषणा गर्दैमा कार्यान्वयन नहुने जिकिर गरे । उनले आफ्नो दलले एमसीसी कार्यान्वयन हुन नदिने चेतावनी नै दिए । एमसीसी नेपाललाई लुट्न खोलिएको कार्यक्रम भएको उनको आरोप छ । एमसीसीको पक्षमा लाग्नेहरुलाई अब जनताले लखेट्नुपर्ने बेला आएको विप्लवको चेतावनी छ ।

 



प्रतिक्रिया दिनुहोस्