Logo

उपप्रधानमन्त्री खड्का भेट्न प्रधानमन्त्री दाहाल छाउनी अस्पतालमा



काठमाडौं, १४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान एवम् रक्षामन्त्री पुर्णबहादुर खड्कालाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् ।

काठमाडौंको छाउनीस्थित् सैनिक अस्पतालमा उपचाररत उपप्रधानमन्त्री खड्कालाई भेटी प्रधानमन्त्री दाहालले शिघ्र स्वास्थ्यलाभको कामना गरेको दाहालको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री समाजवादी मोर्चाको वीरेन्द्रनगरको कार्यक्रम सकेर काठमाडौं फर्किएलगत्तै मन्त्री खड्कालाई भेट्न छाउनी पुगेका थिए । तस्विर: प्रदीपराज वन्त/प्रम दाहालको सचिवालय



प्रतिक्रिया दिनुहोस्