Logo

राजनीतिक शक्ति आर्जनको लागि भोलि मधेश झर्दै रवि लामिछाने, दुई दिन बसेर प्रशिक्षण दिने



काठमाडौं,१५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीलाई बलियो बनाउनेगरि कार्यक्रम तय गरेको छ । रास्वपाका सभापति रवि लामिछाने नै देश दौडाहामा निस्किने तयारीमा जुटेका छन् । रास्वपाले मधेश प्रदेशमा दुई दिने पार्टी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तय गरिसकेको छ ।

भदौ १६ र १७ गते दुई दिने लगातार हुने प्रशिक्षण कार्यक्रममा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी, नीति–सिद्धान्त र दृष्टिकोणबारे सभापतिले आफ्नो महत्वपूर्ण धारणा राख्ने भएका छन् ।

प्रशिक्षण कार्यक्रममा पार्टी सभापति लामिछानेसँगै पार्टीका प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाललगायतका नेताहरुको उपस्थिति रहनेछ । रास्वपाले आगामी ०८४ को निर्वाचनमा एक्लै बहुमत ल्याउने लक्ष्य लिएको छ । एकल बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने सभापति लामिछानेको दाबी छ । file photo



प्रतिक्रिया दिनुहोस्