Logo

गायक युनिक केसीको स्वरमा रहेको ‘बाबा’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक



काठमाडौं, १५ भदौ । गायक युनिक केसीको स्वरमा रहेको ‘बाबा’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा गीत सार्वजनिक गरिएको हो ।

गीतलाई युनिक क्रियशनले बजारमा ल्याएको हो । गायक केसी आफैं युनिक क्रियशनका प्रमुखसमेत हुन् । गीतमा टेकेन्द्र नेपालीको संगित रहेको छ भने म्युजिक भिडियोलाई नारायण मगरले निर्देशन गरका छन् ।

बाबा बोलको गीत आगमी भदौं २८ गते बाबुको मुख हेर्ने दिनलाई लक्षित गरेर ल्याइएको बताइएको छ । बाबा गीतका रचनाकार लेखु सहयात्री तिमिल्सिनाले आफ्नै बुबा र सबै जनाको बुबालाई सम्झिएर गीत लेख्ने प्रयास गरेको बताए ।

म्युजिक भिडिओ सार्वजनिक कार्यक्रममा राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले गुरुलाई कालो मासो लगाउने समाजमा बाबुआमाप्रति सन्तानको सुख, माया ममता र श्रद्धा अपेक्षा गर्ने स्थिति नरहेको बताए । गीतले समाजमा राम्रो सन्देश प्रवाह गर्ने पनि उनले विश्वास व्यक्त गर्दै सम्पूर्ण टिमलाई शुभकामना दिए ।

म्युजिक भिडिओमा बालक छोरालाई एउटा बाब्ुले कसरी पढायो, बढायो, हुर्कायो र बाबुको महत्व कति छ भन्ने कुरालाई देखाउने प्रयास भएको प्राध्यापक एवं विश्लेषक केसीले बताए । बाबुको सपना सन्तानको सुख र समृद्धि नै हुने उनको भनाई छ ।

कार्यक्रममा प्रा.डा. एवं राजनीतिक विश्लेषक केसीको हातबाट विशिष्ट अतिथि, अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । म्युजिक भिडिओ सार्वजनिक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान दोलखा जिल्लाका निवर्तमान अध्यक्ष नयन सोडारी, गायक युनिकका बुबा लक्ष्मण केसी, काका श्याम केसी, समाजसेवी सपना बानियाँ, रामनारायण केसी लगायतको उपस्थिति थियो । कार्यक्रम सञ्चालन सिलु अधिकारीले गरेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot