Logo

रक्षामन्त्री खड्काको स्वास्थ्य अवस्था बुझ्न सभापति देउवा सैनिक अस्पतालमा



काठमाडौं,१६ भदौ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उपप्रधान तथा रक्षामन्त्री एवं पार्टी उपसभापति पुर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

शनिवार विहान काठमाडौंको छाउनीस्थित सैनिक अस्पताल पुगेर सभापति देउवाले खडकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि खड्का अस्पतालमा भर्ना भएका छन् । उनलाई भेट्न प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपनि बिहीबार सैनिक अस्पताल पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्