Logo

प्रदेश अधिवेशन उद्धघाटन गर्न ओलीसहितका एमाले नेताहरु रुपन्देहीमा (तस्बिरहरु)



काठमाडौं,१६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु रुपन्देही पुगेका छन् ।

आजबाट सुरू हुन लागेको एमालेको लुम्बिनी प्रदेश अधिवेशनको उद्धघाटन गर्न एमाले नेताहरु रुपन्देही पुगेका हुन् । एमाले अध्यक्ष ओलीसहित महासचिव शंकर पोखरेल, उपाध्यक्षहरु विष्णु रिमाल, युवराज ज्ञवाली,उपमहासचिव प्रदीप ज्ञावली, सचिवद्धय पद्या अर्याल र गाकर्ण विष्टलगायतका नेताहरु रुपन्देही पुगेका हुन् ।

आजै अध्यक्ष ओलीले प्रदेश अधिवेशनको उद्धघाटन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र रामग्रामबाट गर्ने कार्यक्रम रहेको छ । एमालेको प्रदेश अधिवेशनका लागि १२ वटै जिल्लाबाट एक हजार ४ जना प्रतिनिधि छनोट भएका छन् । जसले २०५ जनाको नयाँ प्रदेश कार्यसमिति चयन गर्नेछ । प्रदेश अध्यक्ष एमालेको पदेन पोलिटव्यूरो सदस्य हुने प्रावधान रहेको छ । उक्त प्रावधानका कारण प्रदेशको नेतृत्व लिन चाहनेहरुको तीव्र होडबाजी चलिरहेको एमाले नेताहरु बताउँछन् । हालसम्म प्रदेशको नेतृत्वमा प्युठानका हरि रिजार र रुपन्देहीका राधाकृष्ण कडेँलले आकांक्षा व्यक्त गरेका छन् ।

रिजाल महासचिव पोखरेल निकट हुन् भने कडेँललाई उपाध्यक्ष पौडेलको समर्थन रहेको छ । एमालेमा पोखरेल र पौडेल दुबै नेता अध्यक्ष ओलीका अत्यन्तै निकट नेता मानिन्छन् । तर राजनीतिक नेतृत्वमा भने पोखरेल र पौडेलको निक्कै प्रतिस्पर्धा हुने गरेको छ ।

तस्बिरहरु :ओलीको सचिवालय 

 



प्रतिक्रिया दिनुहोस्