काठमाडौं,१६ भदौ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीभित्र गुटगत राजनीति गर्ने छुट कसैलाईपनि नभएको बताएका छन् ।
आजबाट सुरु भएको एमालेको लुम्बिनी प्रदेशको अधिवेशनलाई सम्वोधन गर्दै पूर्वमन्त्री विष्टले अहिलेको अवस्थामा एमालेभित्र एकता आवश्यक रहेको बताउँदै कुनैपनि नेताका नाममा गुट बनाउन खोजे कार्यकर्ताले प्रतिवाद गर्ने बताए ।
‘एमालेका दुई नेताको विवादलाई जोडेर मिडियामा आयो, एमालेका आम कार्यकर्तामाथि यो विश्वास हुने कुरा हुँदैन, पार्टीभित्र गुट बनाउने छुट कसैलाई छैन, यो देशवासीमाथि बेइमानी हुनेछ, कार्यकर्ताले एकता खोजेको छ, कुनै समूह खोजेको छ, यसमा कसैलाई छुट हुनेछैन । ’ उनले भने ।
लुम्बिनीमा एमालेको प्रदेश अध्यक्ष बन्न महासचिव शंकर पोखरेल निकट प्युठानका हरि रिजाल र उपाध्यक्ष विष्णु पौडेल निकट रुपन्देहीका राधाकृष्ण कँडेलबीच हानाथाप चलिरहेको छ । उनीहरु दुबै नेता पार्टी अध्यक्ष केपी शर्मा ओलीका अत्यन्तै विश्वासपात्र मानिन्छन् । file photo