Logo

सुन प्रकरणमा महरा संलग्न भएको पुष्टि भए सरकारले छाड्दैनः गृहमन्त्री श्रेष्ठ



काठमाडौं,१६ भदौ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेपमार्फत नेपाल भित्रिएको ९ किलो सुन प्रकरणमा पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता पुष्टि भए सरकारले नछोड्ने दाबी गरेका छन् ।

शनिवार ललितपुरमा माओवादी केन्द्रले थालेको तीन महिने विशेष अभियानको उद्घाटन गर्दै माओवादी भएकै कारण उनलाई नछाड्ने बताएका हुन् । उनले अपराध पुष्टि भएमा जुनसुकै तह, जुनसुकै पार्टीको र जोसुकै भए पनि कारबाही गरेर छाड्ने उनले जिकिर गरे ।

‘९ किलो सुन प्रकरणमा माओवादीको नेता जोडिएको कुरा आएको छ । जोसुकै होस्, जुनसुकै पार्टीको नेता होस् अपराधमा संलग्न भएको पुष्टि भए सरकारले छाड्दैन’, उनले भने, ‘माओवादीको नेतृत्वमा सरकार भएकाले आफूलाई चोख्याउँछ कि भन्ने शङ्का गरेको पाएको छु । कुनै शङ्का नगरे हुन्छ, कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी जुनसुकै पार्टीको जुनसुकै तहको नेता भए पनि सरकारले छाड्दैन ।’



प्रतिक्रिया दिनुहोस्