Logo

चन्द्रागिरि पुगेर प्रचण्डले भनेः काठमाडौँभर माओवादीको बिउ जोगाएकोमा तपाईंहरूलाई बधाई दिन चाहन्छु



काठमाडौं,१६ भदौ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर दुईका आम नागरिकलाई धन्यवाद व्यक्त गरेका छन् ।

आजबाट सुरु भएको पार्टीको तीन महिने अभियान ‘जनतासँग माओवादी’ को सुरुआत गर्दै दाहालले स्थानीय तह निर्वाचन काठमाडौं जिल्लाभर पार्टीले एउटामात्रै वडा जितेको र उक्त वडा चन्द्रागिरि दुई भएको भन्दै धन्यवाद दिएका हुन् ।

‘काठमाडौँभर माओवादीको बिउ जोगाएकोमा तपाईंहरूलाई बधाई दिन चाहन्छु । अब देशैभर तपाईंले जोगाएको बिउ फल्नेफूल्नेछ । तपाईंहरूको भावना र चाहनालाई मर्न दिँदैनौँ’,उनले भने ।

गत वर्षको बैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौ जिल्लाभरमा माओवादी केन्द्रले चन्द्रागिरी २ मात्रै जितेको थियो । उक्त वडामा भने माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित नै निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot