Logo

हाम्रो पार्टी अरु पार्टीजस्तो जसरी भएपनि सरकार बनाउँ,सरकारमा पुगौं र टिकौं भन्ने खालको होइन: केपी ओली



काठमाडौं,१६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई विश्वास गरेर नै आम निर्वाचनमा सबैभन्दा ठूलो शक्ति बनाईदिएको दाबी गरेका छन् ।

एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन उद्दघाटन गर्दै ओलीले आफ्नो पार्टी अरु पार्टीजस्तो कर्मकाण्डी नभएको दाबी गरेका छन् । उनले एमालेको ध्यान सत्तामा पुग्ने र सरकामा टिक्नेमात्रै नभएको दाबी गरे ।

‘नेकपा एमाले कर्मकाण्ड होइन। महान उद्देश्यहरुतर्फ फर्किएको छ। ती उद्देश्यहरु यस पार्टीले गर्ने छ। गरिआएको छ। यसको काँधमा अरु पार्टीजस्तो जसरी भएपनि सरकार बनाउँ, सरकारमा पुगौं र टिकौं भन्ने होइन,’ ओलीले भने।



प्रतिक्रिया दिनुहोस्

Screenshot