Logo

लुम्बिनीका नेता-कार्यकर्तालाई ओलीको उर्दी: आजै समाधान निकाल्नूस्, भोलि बिहान घोषणा मै गरूँला



काठमाडौं,१६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको नेतृत्व सहमतिमा टुंग्याउन नेता कार्यकर्तालई निर्देशन दिएका छन् ।

शनिबारबाट सुरू भएको एमालेको प्रदेश अधिवेशनलाई उद्धघाटन गर्दै ओलीले लोकतान्त्रिक मूल्य र मान्यताको ख्यालगरि प्रदेशको नेतृत्व सर्वसम्मत ढंगले टुंग्याउन निर्देशन दिएका हुन् ।

“यत्रो विधि नेताहरूको लाइन यहीँ, नेताहरूले मिलाउनु पर्दैन ? महासचिव जानुभएको (चीन) छ, युवराजजी आउन पाउनु भएन,” ओलीले भने, “अरू नेताहरू भरे बेलुका बस्नूस्, सबै साथीहरूलाई चित्त बुझ्ने समाधान निकाल्नूस्, भोलि बिहान मै घोषणा गर्दिउँला, केही छैन । तर, समाधान निकाल्नूस् ।”

प्रदेश अध्यष बन्न लुम्बिनी एमालेका महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल निकटका नेताहरुले गुट बनाएपछि आक्रोशितथ बनेको ओलीले उक्त निर्देशन दिएका हुन् ।

अध्यक्ष ओलीले लुम्बिनीजस्तो ऐतिहासिक स्थानबाट राजनीतिक जागरणका हिसाबले ऐतिहासिक क्षेत्रबाट एमालेको बलियो किल्ला, सिंगो कम्युनिष्ट पार्टीको उद्गमस्थलबाट एमालेले एकताको सन्देश दिनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्