Logo

देश ठूला राजनीतिक दलको ‘सिन्डिकेट’को सिकार भयोः राजेन्द्र लिङदेन



काठमाडौं,१६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले देश अहिले ठूला राजनीतिक दलहरूको ‘सिन्डिकेट’को सिकार भएको बताएका छन् ।

शनिबार कपिलवस्तुको तौलिहवामा आयोजित एक कार्यक्रममा उनले विभिन्न प्रकरणमा सबै ठूला दलहरू मिल्ने र मिलीजुली रूपमा देशलाई सिन्डिकेटको सिकार बनाएको आरोप लगाए ।

अहिले देशको अवस्था असामान्य भएको भन्दै उनले जनताको दैनिकीप्रति सरकार गम्भीर नदेखिएको टिप्पणी गरे ।

कार्यक्रममा राप्रपाका उपाध्यक्ष एवं लुम्बिनी प्रदेश संयोजक रवीन्द्र मिश्र, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत नेताले पार्टीलाई बलियो बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्