Logo

२४ घण्टापछि डिस्चार्ज भए पूर्वयुवराज पारस



काठमाडौं,१६ भदौ । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन्।

मुटुसम्बन्धी समस्या देखिएपछि उनी शुक्रबार साँझ काठमाडौंको मन्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना भएका थिए।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य भएकाले २४ घण्टाको अस्पताल बसाईंपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

उनलाई भेट्न उनको परिवारका साथै राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टीका नेता राजाराम बर्तौला,राप्रपाका नेता तथा कार्यकर्ताहरु अस्पताल पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot