Logo

सांसद् पन्तको प्रश्न: ‘खेल मैदान नदिने अनि भारतविरुद्ध नेपालले छक्कैछक्का हानोस् भन्ने आश गरेर हुन्छ ?’



काठमाडौं, १८ भदौ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले अलपत्र अवस्थामा रहेको चितवनको क्रिकेट रङ्गशाला निर्माण कार्य अगाडि बढाउन संसद्को ध्यानाकार्षण गराएका छन् ।

आज (सोमबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले उक्त रङ्गशाला निर्माणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धेरै आवश्वासन दिएपनि काम हुन नसकेको बताए । सरकारले खेलाडीलाई खेल मैदान, उनीहरुले पाउनुपर्ने सुविधा, पारिश्रमिक र तोकिएको पुरस्कार नदिएर राम्रो खेलोस् भन्ने अपेक्षामात्रै गरेको उनको आरोप छ ।

‘आज क्रिकेट हुँदैछ, भारत र नेपालको बीचमा । तर, चितवनमा अलपत्र परेको क्रिकेट मैदानको बारेमा प्रधानमन्त्रीले धेरै आश्वासन दिनुभएको थियो । त्यो निर्माण अगाडि बढेको छैन । खेल मैदान नदिने, उनीहरुले पाउनुपर्ने सुविधा, पारिश्रमिक र तोकिएको पुरस्कार नदिने, अनि भारतका विरुद्धमा नेपालले छक्कैछक्का हानोस् भनेर आशा गरेर हुन्छ ?’ उनले प्रश्न गरे ।

 



प्रतिक्रिया दिनुहोस्