Logo

भारतविरुद्धको खेलमा अर्धशतक बनाउने नेपाली खेलाडीलाई ५० हजार पुरस्कार दिने जनकनन्दिनी गाउँपालिकाको घोषणा



काठमाडौं,१८ भदौ । एसिया कप क्रिकेट २०२३ मा आज नेपालले भारतसँग खेल्दै छ। खेलमा नेपालले पहिले ब्याटिङ गर्दैछ। भारतले टस जितेर पहिले बलिङ रोजेसँगै नेपालले ब्याटिङ गर्ने भएको हो ।

यसैबीच धनुषाको जनकनन्दिनी गाउँपालिकाले एसिया कपमा अर्धशतक बनाउने नेपाली खेलाडीलाई ५० हजार पुरस्कार दिने घोषणा गरेको छ ।

यस्तै सो गाउँपालिकाले शतक बनाएमा १ लाख र तीन विकेट लिएमा ५० हजार दिने घोषणा गरेको छ ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि पहिलोपटक भारतको सिनियर टिमसँग खेल्न लागेको हो। नेपालका लागि आज अत्यन्त महत्वपूर्ण र ऐतिहासिक खेल हुनेछ।

श्रीलंकाको पेल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन बजे खेल सुरू हुनेछ। प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल र भारतको आजको खेल समूह चरणको अन्तिम खेल हो।

नेपाल र भारत दुवै टिमले समूहका पहिलो खेल खेलिसकेका छन्। पाकिस्तानविरूद्धको पहिलो खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको थियो। भारत र पाकिस्तानबीच शनिबार भएको खेल वर्षाले रद्द हुँद दुवै टिमले एक एक अंक जोडेका थिए।

समूहबाट पाकिस्तानले ३ अंक जोडेर सुपर फोरमा स्थान पक्का गरिसकेको छ। अब नेपाल र भारतबीचको खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ। जित हात पार्ने टिम सुपर फोरमा पुग्नेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot