Logo

सुशासन, दिगो तथा समृद्धि सम्मेलन हुँदै



काठमाडौँ, १८ भदौ । विभिन्न क्षेत्रका विज्ञको सहभागितामा आगामी असोजमा ‘सुशासन, दिगो विकास तथा समृद्धि’ विषयक १०औँ राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।

चैतन्य एकेडेमीद्वारा असोज १२ र १३ गते काभ्रेपलाञ्चोकमा सम्मेलनमा सञ्चालन हुने एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले जानकारी दिए । सम्मेलनका सभाध्यक्ष एवं पूर्वमुख्य सचिव डा विमल कोइरालाले दुईदिने सम्मेलनले सरकारले लिएको चौतर्फी विकास तथा सन् २०३० सम्मका लागि लिइएको दिगो विकासको लक्ष्यलाई साकार तुल्याउन सहयोग पु¥याउनेमा विश्वास व्यक्त गरे ।

“सम्मेलनले नेपाली समाजमा व्याप्त निरासाबीच आशा जागरुत गर्ने विश्वास लिएका छौँ । अर्कातर्फ शासन व्यवस्थामा सुधार गरेर लोकतन्त्रको लाभांश जनतासम्म कसरी पु¥याउने भन्ने सोचका साथ यो सम्मेलन आयोजना हुँदैछ”, उनले भने ।

काभ्रेको धुलिखेलस्थित आगन्तुक रिसोर्टमा सञ्चालन हुने उक्त सम्मेलनमा अर्थव्यवस्था, राजनीतिज्ञ, शिक्षा र स्वास्थ्य, सांस्कृतिक र शासकीयलगायत सम्बन्धित क्षेत्रका विज्ञको सहभागिता हुनेछ । सम्मेलनले नेपालको चौतर्फी रूपान्तरणसँग सम्बन्धित आयाम पहिचान गर्ने उनको भनाइ छ एकेडेमीका प्रमुख कार्यकारी अधिकृत जोशीले नागरिक र निजी संस्था समृद्धिको संवाहक बन्नसक्छ भन्ने आत्मबोध गराउने सम्मेलनको उद्देश्य भएको बताए ।

एकेडेमीले समाज र देशप्रतिको उत्तरदायित्व बहन गर्दै एउटा सामाजिक अभियानका रूपमा सन् २०१४ देखि हरेक वर्ष वर्षको एकपटक राष्ट्रियस्तरको सम्मेलन आयोजना गर्दै आएको उनले बताए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot