Logo

नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत किन्ने भारत सरकारको निर्णय



काठमाडौं, १९ भदौ । भारत सरकारले नेपालसँग् आगामी १० वर्षभित्र १० हजार मेगावाट विजुली किन्ने निर्णय गरेको छ ।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको जानकारी गराएका छन् ।

भारत सरकारको उक्त निर्णयले नेपालको विद्युत विकासमा ठूलो फड्को मार्ने विश्वास दिलाए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भारत भ्रमणको क्रममा दुई देशबीच विद्युतसम्बन्धी सहमति भएको थियो ।

जसमा भारतले आगामी १० वर्षभित्र १० हजार मेगावाट विद्युत किन्ने कुरा उल्लेख गरिएको थियो ।

उक्त सहमति कार्यान्वयनको लागि भारत सरकारल मन्त्रिपरिषद्बाटै उक्त निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्