Logo

प्रधानमन्त्री प्रचण्डले दिए श्रीकृष्ण जन्माअष्टमीको शुभकामना



काठमाडौं, भदौ २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीकृष्णा जन्माअष्टमीको अवसरमा शुभकामना ब्यक्त गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले आज हिन्दु धर्मालम्बीहरुले मनाइरहेको पर्ब श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना दिएका हुन् ।

‘कृष्णाष्टमी २०८० को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरूमा पारिवारिक पुनर्मिलन, सामाजिक सद्भाव र एकतासहित सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु’ प्रधानमन्त्री दाहालले आफनो शुभकामना सन्देशमा भनेका छन ।



प्रतिक्रिया दिनुहोस्