काठमाण्डौं, भदौ २० । भुटानको पहिलो निजी एयरलाइन्स, भुटान एयरलाइन्सले आउँदो ३० गतेदेखि काठमाण्डौ उडान शुरु गर्ने भएको छ ।
एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसका अनुसार हप्ताको चार दिन आइतवार, सोमवार, बुधवार र शनिवार उडान हुनेछ ।
कोभिड–१९ महामारीका कारण रोकिएको पारो–काठमाडौको उडान फेरि शुरु हुने भएको कम्पनीले उल्लेख गरेको छ ।
थिम्पुमा मुख्यालय रहेको भुटान एयरलाइन्सको उडानले पारो–काठमाण्डौ–नयाँदिल्लीलाई दुईतर्फीरुपमा जोड्ने भुटान एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत पेमा नाडिकले बताए ।
नियमित उडानले दुवै देशका पर्यटकलाई थप सहज हुने र यसले पर्यटन उद्योगलाई प्रवद्र्धन गर्ने विश्वास लिइएको छ ।
एयरलाइन्सले आगामी दिनमा नियमित उडान गरी विश्वसनीय वायुसेवाको रुपमा आफूलाई स्थापित गर्ने दाबी गरेको छ ।