Logo

मिडियाहरुले मैले बनाएको समाचार लेखेनन्, बालेनले भत्काएको मात्रै लेखेः विद्यासुन्दर शाक्य



काठमाडौं, २० भदौ । काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यले मिडियाहरुले बनाएको बारेमा केही नलेखेर वर्तमान मेयर बालेन्द्र शाहले भत्काएको मात्रै लेखेको टिप्पणी गरेका छन् ।

हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफू महानगरको मेयर हुँदा काष्ठमाण्डप, रानीपोखरी बनाउँदा, कमल पोखरी, वडा कार्यालयहरु बनाउँदा कसैले पनि बनाएको बारेमा समाचार नलेखेको बताएका हुन् ।

‘बनाएको अहिलेसम्म कसैले समाचार लेखेको छैन । अहिले हामीले काष्ठमाण्डप बनाऔं कसैले समाचार लेख्यो ? रानीपोखरी, कमल पोखरी बनायौं, हामीले सम्पूर्ण जतिपनि वडा कार्यालय छन्, मेरै कार्याकालमा बन्यो । कुनै एउटा समाचार बन्यो ? २०७२ सालभन्दा पहिला भत्किएका र भूकम्पमा भत्किएकार र भत्कान लागेको सम्पदाको पुननिर्माण भयो कुनै समाचार बन्यो ?’ उनले प्रश्न गरे, ‘बनेन नि । दम्कल हामीले ल्यायौं, कुनै मिडियाले समाचार बनायो ? एम्बुलेन्स, ब्रुमर ल्याइयौं समाचार बनायो ? तर, भत्काएपछि मात्रै समाचार बन्यो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot