Logo

नास्पाती खानुका फाइदा धेरै, हड्डी मजबुद बनाउँछ



सविता सिंह ठकुरी :

हामीले फलफुलको दैनिक प्रयोग त गरिरहेको हुन्छौं । त्यसबाट धेरै पौष्टिक तत्वहरु पनि प्राप्त गरिरहेका हुन्छौं । फलफुलमा पाइने पौष्टिक तत्वहरुले हाम्रो शरीरलाई स्वस्थ राख्न मात्र नभई रोगबाट लड्न सक्ने क्षमतासमेत प्रदान गर्दछ । त्यस्तै फलफुलमध्ये नास्पाति पनि एक हो । नास्पातीमा पाइने गुणहरुले हाम्रो शरीरको विभिन्न भागहरुमा फाइदा पु¥याएको हुन्छ ।

एउटा नास्पाती दैनिक प्रयोग गर्नाले हाम्रो शरीरलाई आवश्यक तत्वहरु पुरा गर्न मद्दत गर्दछ । नास्पाती अहिलेको समयमा सजिलै पाइनेहुनाले यसको प्रयोग गर्न सक्छौं । १०० ग्राम नास्पातीमा ५७ क्यारोली पाइन्छ । कार्बोहाइट्रेड १५ ग्राम, फाइबर ३.१, सोडियम, पोटासियम, भिटामिन-सी, मिनरल र कम मात्रामा फ्याट पाइन्छ । नास्पातीमा पाइने थुप्रै गुणहरुले हाम्रो शरीरको विभिन्न भागहरुमा फाइदा गर्दछ ।

यी हुन नास्पातीको प्रयोगले हुने फाइदाहरु

१. नास्पातीमा प्रशस्त मात्रामा क्यालोरी पाइने हुनाले तौल कम गर्न फाइदा गर्दछ ।
२. नास्पाातीको प्रयोगले पाचन प्रकृयामा मद्दत गर्दछ
३. नास्पातीमा पाइने भिटामिन सी ले इम्युन-सिस्टम बलियो बनाउन मद्दत गर्दछ ।
४. नास्पातीको प्रयोगले डाइबिटिज बिरामीलाई फाइदा गर्दछ ।
५. नास्पातीमा फाइबर पाइनेभएकोले कोलेस्टेरोल कम गर्न मद्दत गर्दछ ।
६. नास्पातीमा पाइने प्रोबायोटिकले दहिको रुपमा काम गर्दछ ।
७. नास्पातीमा पाइने भिटामिन-सी ले रगतको मात्रा बढाउन मद्दत गर्दछ ।
८. नास्पातीमा पाइने फाइबरले शरीरमा शक्ति प्रदान गर्दछ ।
९. नास्पातिको दैनिक प्रयोगले मुटुलाई स्वस्थ बनाउन मद्दत गर्दछ ।
१०.नास्पातीले हिमोग्लोबिन बढाउँछ ।
११. नास्पातीको प्रयोगले हड्डीलाई मजबुत बनाउँन मद्दत गर्दछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot