काठमाडौं, २० भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने श्यामबाबु सापकोटाले खुकुरी प्रहारलगत्तै बोलेको कुरा सार्वजनिक भएको छ । खुकुरी प्रहारलगत्तै प्रहरी र प्रत्यक्षदर्शीको नियन्त्रणमा रहेका सापकोटा मजदुर मारा, मानव तस्करलाई फेरि प्रधानमन्त्री बनाउनेलगायतका कुरा बोल्दै बर्बराएका थिए ।
उनले भनेका थिए–‘यो नेपाल र नेपाली जनतालाई मार्न, यो मजदुरलाई मारेर, किसान मारेर। सम्पूर्ण मजदुरहरु, आज ५०÷६० प्रतिशत नेपाली जनताको चुल्हो निभ्दैछ । मानव तस्करलाई फेरि प्रधानमन्त्री बनाउने ? देशद्रोहीलाई फेरि पनि प्रधानमन्त्री बनाउने ? राष्ट्रघातीलाई फेरि पनि प्रधानमन्त्री बनाउने ? तेरिमा आतंककारी । च्वाट्टै छिन्नुपर्दथ्यो त्यो । अझ छिनेन् मात्रै । सानो भयो सामान । यो वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले हान, ठोक भनेर दिएको आदेश हो- साउन ८ गते । साला आतंककारी, देशद्रोहीलाई फाँसी दे । ले-ले जनता खुकुरी ले, देशद्रोहीलाई छप्काईदे । राजसंस्था जिन्दावाद । हिन्दूराष्ट्र कायम गर। ……’
नेपालवाद युट्युब च्यानलमा प्रसारण भएको भिडिओ :