काठमाडौं, भदौ २१ । डेंगु संक्रमणबाट आज विहान निधन भएका काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको पार्थीव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय गृहमा राखिने भएको छ ।
एक सातादेखि ग्राण्डी अस्पतालमा उपचार गराईरहेका रिजालको उपचारकै क्रममा आज विहान निधन भएको हो । उनी डेंगु संक्रमण पृष्टि भएपछि ग्राण्डी अस्पतालमा भर्ना भएका थिए । उनको फोक्सोमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।
गत स्थानीय तह निर्वाचनमा चार हजार १९ मतका साथ दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएका रिजाल
नेपाली कांग्रेस क्षेत्र नं ७ को क्षेत्रीय सभापतिसमेत रहेका थिए । उनको आजै पशुपतिनाथस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने परिावरिक श्रोतले जनाएको छ। रिजालका श्रीमती र दुई छोरा छन् ।