Logo

महेन्द्र यादवमाथिको सांघातिक हमलाप्रति महासेठद्वारा दुःख व्यक्त, दोषीमाथि कडा कारबाहीको माग (भिडिओसहित)



काठमाडौं, २१ भदौ । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथिको सांघातिक हमलाप्रति दुःख प्रकट गरेका छन् । साथै, उनले महेन्द्र यादवमाथि सांघातिक हमला गर्ने दोषीलाई कानुनबमोजिम कडाभन्दा कडा सजाय दिनुपर्ने बताए ।

नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महासेठले यस्तो माग गरेका हुन् । उनले भने,‘अहिले देशमा कानुन व्यवस्था छैन । सरकारकै कमीकमजोरीका कारण हिजोको घटना भएको हो । म उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

उनले टीआरसी विधेयकमा देश र जनताको हितमा हुने गरी सहमति गर्नुपर्ने बताए । महासेठले भने,‘अहिलेकै अवस्थामा टीआरसी विधेयकलाई प्रतिपक्षले साथ दिए संविधान च्यातेर फालिदिए हुन्छ, सारा जेल हटाइदिए हुन्छ । तर देश र जनताको हितमा हुने गरी सहमति गर्नुपर्छ ।’ चिनियाँ राजदूतले नेपाल र नेपालीका विरुद्धमा कुनै भाषा प्रयोग गर्नु कूटनीतिक मर्यादाविपरीत हुने पनि उनले औंल्याए ।



प्रतिक्रिया दिनुहोस्