Logo

महेन्द्र यादवमाथिको सांघातिक आक्रमणपछि तरुण दल आक्रोशित, अध्यक्ष गुरुङले गृहमन्त्रीको राजीनामा मागे



काठमाडौं, २१ भदौ । नेपाल तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि हिजो (बुधबार) भएको सांघातिक हमलाको निन्दा गर्दै तरुण दलले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको हो ।

आज (बिहीबार) पार्टी मुख्यालय सानेपामा बसेको तरुण दलका केन्द्रीय सदस्यहरुको भेलामा अध्यक्ष विद्धान गुरुङले तत्काल गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

यसको साथै, तरुण दलले भोलि उक्त घट्नाको विरोधमा शान्तिवाटिकामा भोलि (शुक्रबार) दिउँसो १ बजे विरोध सभाको आयोजना गर्ने भएको छ । तरुण दलले घट्नाको विरोध गर्दै र्याली पनि निकाल्ने भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot