Logo

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि तीन जनाको नाम सिफारिश



काठमाडौं, २१ भदौ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

उक्त पदको लागि ९ जनाको निवेदन परेको थियो । निवेदन परेकाहरुमध्येबाट तीन जनाको नाम सिफारिश भएको स्रोतको दाबी छ ।

जसमा डा. अञ्जनीकुमार झा, डा. प्रविण मिश्र र डा. श्रीकृष्ण गिरीको नाम छ ।

अब बस्ने मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्ष नियुक्त गर्ने जनाईएको छ ।

अहिलेका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको कार्यकाल यही भदौ २५ गते समाप्त हुँदैछ ।

 

 



प्रतिक्रिया दिनुहोस्