Logo

काठमाडौं महानगरमा आज शोक बिदा



काठमाडौं भदौ २२ । काठमाडौं महानगरपालिकाले आज महानगरपालिका र यस अन्तरगतका कार्यालयहरूमा शोक बिदा दिएको छ ।

काठमाडौं–१६ का वडाध्यक्ष मुकुद रिजालको निधनमा महानगरले आज शोक बिदा दिएको हो । उनको उपचारको क्रममा बिहिवार निधन भएको थियो ।

उच्च ज्वरो र निमोनियाँ देखिए पछि रिजाललाई अस्पताल लगिएको थियो । ५ दिनको उपचार अवधि मध्ये २ दिन आइसियु र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो तर हिजो बिहान उनको निधन भएको हो ।

नेपाली कांग्रेसको काठमाडौं–७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजालको हिजा नै पशुपति आर्यघाट अन्तिम सस्कार गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्