काठमाडौं, भदौ २२ । आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा थाईल्यान्डले नेपाललाई १०६ रनको लक्ष्य दिएको छ।
मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाईल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १०५ रन बनायो ।
थाईल्यान्डको लागि नानपाट खोन्चारोएनकाइले ६३ बलमा ४ चौकासहित सर्वाधिक ५९ रनको योगदान दिइन्। नेपालको लागि कविता कुँवर र पुजा महतोबाहेक अरुले विकेट सलन सकेनन्।
कुँवरले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर १ विकेट लिइन्। भने महतोले ३ ओभरमा २० रन खर्चेर १ विकेट लिइन्।
आजको खेलमा विजेता हुने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छ। अहिले सम्म अपराजित नेपाल समूह ‘ए’ बाट उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । थाईल्यान्ढ समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो।