Logo

अमेरिका उड्नुअघि नै राप्रपालाई सरकारमा सहभागी गराउने प्रधानमन्त्री प्रचण्डको चाहना



काठमाडौं, २२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा राप्रपालाई सहभागी गराउनेगरि छलफल थालेका छन् । उच्च स्रोतकाअनुसार राप्रपा नेतृत्वसँग प्रधानमन्त्री दाहालले सरकारमा सहभागिता गराउनेगरि छलफल गरेका छन् । तर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भने तत्काल सरकारमा सहभागी हुनको लागि सकारात्मक जवाफ नदिएको बुझिएको छ।

संसद्को पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपक सिंह निर्वाचित भएका छन् । प्रधानमन्त्री दाहालसँगको सहमतिअनुसार नै राप्रपाले उक्त समितिको सभापतिमा दाबी गरेको थियो । र, सांसद सिंह निर्वाचित भएका छन् । प्रधानमन्त्री दाहाल यही भदौ अन्तिममा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क उड्दैछन् ।

त्योभन्दा अघि नै उनले राप्रपालाई सरकारमा सहभागी गराउन चाहेको उच्च स्रोतको दाबी छ । प्रधानमन्त्री दाहालले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई नै उर्जामन्त्री लिनेगरि सरकारमा आउन चनेका छन् । प्रधानमन्त्री दाहालको प्रस्तावमा लिङ्देनपनि सकारात्मक छन् ।

तर, पार्टीभित्र भने तत्काल सरकारमा जान नहुने मत बलियो छ । अधिकांश नेताहरुले सरकारमा पार्टी जाँदा जनमत खस्किने निश्कर्ष सुनाएका छन् । आफ्नै पार्टीभित्रबाट सरकारमा सहभागी हुनको लागि निर्णय गराउन राजेन्द्रलाई हम्मेहम्मे परेको छ ।

लिङ्देन यसअघि पनि प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा पुषमा सरकारमा सहभागी थिए । तर, पछि प्रधानमन्त्री दाहालले एमालेसहितको गठबन्धन तोडेर कांग्रेससँग सहकार्य गरेपछि भने राप्रपा सरकारबाट बाहिरिएको थियो । राप्रपा संघीय सरकारमा सहभागी हुने या नहुने भन्ने कुरा कोशी प्रदेशको सरकारको स्थायित्वको लागि राप्रपाले खेल्ने भूमिकामा पनि भर पर्नेछ । file photo

 



प्रतिक्रिया दिनुहोस्

Screenshot