काठमाडौं, भदौ २४ । हिमालयन एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको छिन्ताओमा उडान सुरु गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँराती र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले आज बिहान काठमाडौं–छिन्ताओ चार्टर्ड उडानको उद्घाटन गरेका हुन्।
पर्यटनमन्त्री किरातीले छिन्ताओसम्मको उडानबाट चिनियाँ पर्यटनहरुको संख्या बढ्ने विश्वास व्यक्त गरे। चिनियाँ राजदूत सोङले सन् २०१९मा चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आएको बेला अघि सारेको ट्रान्स हिमालयन कनेक्टीभिटीको अवधारणा अनुसार काठमाडौं-छिन्ताओ उडान भएको बताए।
त्यस्तै, उपाध्यक्ष श्रेष्ठले चीनमा पर्यटन प्रवर्द्धनका लागि आफूहरूले यो उडान सुरुवात गरेको जानकारी दिए । आजको पहिलो उडानमा ११४ यात्रु रहेका छन्। जहाज विहान ९ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छिन्ताओका लागि उडेको छ ।
सन् २०१९ मा बेइजिङबाट पहिलो नियमित उडान सुरु गरेको कम्पनीले हाल चीनका पाँच स्थानमा नियमित उडान सँगै दुबई, मलेसिया, कतार, साउदी अरेबिया लगायतका गन्तव्यमा पनि उडान गर्दै आएको छ ।
फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल