Logo

शेखरको स्विकारोक्ति: बीपीको समाजवाद व्यवहारमा लागू गर्न सकेनौं



काठमाडौं,२४ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसका संस्थापक बीपी कोइरालाले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थ व्यवस्था व्यवहारमा लागू गर्न नसकिएको स्विकार गरेका छ्न ।

आइतबार कोइरालाको ११०औं जन्म जयन्तीका अवसरमा चितवनको भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले बपीले परिकल्पना गरे जस्तो गरिब, दुखी र असहायलाई नि:शुल्क शिक्ष, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न नसकिएकोप्रति गुनासो गरे ।

नेता कोइरालाले लोकतन्त्रमा अराजकता नभई भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता आवश्यक रहेको बताए । पारदर्शिता तथा जवाफदेहिता लोकतन्त्रको मूलभूत सिद्धान्त रहेको उनले सुनाए । अहिले कांग्रेस यो कुराबाट कतै विचलित भएको हो कि भन्ने आफूलाई लागेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्