काठमाडौं, २४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको भूमिकाको प्रशंसा गरेका छन् । उनले माधव नेपालले नै माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहयोग गरेको स्मरण गराएका छन् । आज (आइतबार) हेटौंडामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले केपी शर्मा ओली एमालेको तत्कालीन महासचिव भएको भए व्यवस्था परिवर्तन नहुने दाबी गरे । प्रधानमन्त्री दाहालले स्मरण गराए,‘म अहिले स्मरण गर्न चाहन्छु । तत्कालीन अवस्थामा एमालेको महासचिव केपी ओली भएको भए जनआन्दोलन र गणतन्त्र स्थापना हुने थिएन, त्यतिबेला माओवादीले संघीयता, गणतन्त्र ल्याउन सशस्त्र युद्ध ग¥यो । कांग्रेसबाट गिरिजाप्रसादले जनआन्दोलनको नेतृत्व गर्नुभयो । माधवजीले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहयोग गर्नुभयो ।’
https://www.facebook.com/prachanda.nepal/videos/1086689122300325
तस्विर : प्रदीपराज वन्त÷प्रम दाहालको सचिवालय