Logo

बिपी कोइराला राष्ट्रभक्त र परिवर्तनकारी नेता



बैतडी, २४ भदौ ।  सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले बिपी कोइराला राष्ट्रभक्त  र परिवर्तनकारी नेता भएको बताएका छन् ।

एकसय दसौँँ  बिपी  जयन्तीका अवसरमा पाटनमा तरुण दलले आज आयोजना गरेको प्रशिक्षण तथा वेभसाइट उद्घाटन कार्यक्रममा उनले भने,“बिपी कोइराला राष्ट्रभक्त र परिवर्तनकारी क्रान्तिकारी नेता हुनाका साथै राष्ट्रयताका लागि सधैँ लडिरहने व्यक्तित्व हुनुहुनथ्यो।” राष्ट्रियता, स्वतन्त्रता र सामाजिक न्याय मानिसका आधारभूत चाहना हुन् भन्ने बिपीले युवालाई सङ्गठित गर्न नेविसङ्घ र तरुण दल स्थापना गरेका  मन्त्री भट्टले उल्लेख गरे ।

पछिल्लो समय नेपाली कांग्रेसबारे गलत प्रचार भएको छ भन्दै उनले यसका लागि वैचारिक आन्दोलनको आवश्यकता रहेकामा जोड दिए ।

मन्त्री भट्टले  भने,“ कांग्रेसले गरेका राम्रा काम जनसमक्ष पु¥याउन जरुरी छ । यसका लागि वैचारिक आन्दोलनको आवश्यकता छ ।”

कांग्रेस संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गरेका थिए। उनको जन्म विस १९७१ भदौ २४ गते भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्