Logo

कांग्रेस सांसद हङ्गामको अभिव्यक्तिप्रति योगेशको टिप्पणी: जनप्रतिनिधिले कानुन हातमा लिएर सडकमा ताण्डव मच्चाउन सुहाउँदैन



काठमाडौं,२५ भदौ । नेपाली कांग्रेसको तर्फबाट कोशी प्रदेश सभामा ताप्लेजुङ प्रदेश सभा (ख) बाट निर्वाचित सांसद खगेनसिं हङ्गामले जिल्ला प्रहरी कार्यालयका डीएसपी राजन लिम्बू र उनको परिवारलाई ज्यान मार्ने धम्की दिएकोप्रति नेकपा एमालेका सचिव योगेश भट्टराईले आपत्ति जनाएका छन् ।

ताप्लेजुङबाट संघीय संसद्मा निर्वाचित सांसदसमेत रहेका भट्टराईले आइतबार सामाजिक सञ्जामार्फत घटनाबारे ध्यानाकर्षण भएको उल्लेख गर्दै जननिर्वाचित जनप्रतिनिधिले कानून हातमा लिएर सडकमा आउनु सुहाउने कुरा नभएको बताएका छन् ।

भट्टराईले लेखेका छन् ‘लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने जो कोहीले पनि त्यसको पालना गरेर र आचरणबाट आफूलाई प्रमाणित गर्नु पर्दछ । त्यसमा पनि जनप्रतिनिधिहरूले कानुन कार्यान्वयन गर्ने अधिकारीले निष्पक्ष र पारदर्शी रूपमा काम गरे नगरेको मूल्याङ्कन गर्ने र उपयुक्त तरिका र ठाउँबाट निर्देशन दिने हो । आफैँ कानुन हातमा लिएर सडकमा ताण्डव मच्चाउनु सुहाउने कुरा होइन’ ।

गत बिहीबार सदरमुकाममा प्रहरी र सांसद खगेन समर्थकबीच भएको विवादपछि शुक्रवार उनले कांग्रेसको नेतृत्वमा सरकार बनेपछि ताप्लेजुङका डिएसपी लिम्बुको बर्दी उतार्ने धम्की दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot