Logo

अर्घाखाँचीमा ६५ करोड बजेट फ्रिज



अर्घाखाँची २५ भदौ  । अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालुतर्फको बजेटमध्ये  ६५ करोडभन्दा बढी बजेट फ्रिज भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारको पुँजीगत र चालु तर्फको विनियोजित बजेटमध्ये  ६५ करोड ९९ लाख ९३ हजार आठ सय ६१ फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक राजु पाण्डेले बताए  ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आव २०७९/८० मा प्रदेश सरकारको पुँजीगत तर्फको  एक अर्ब ३३ करोड ६५ लाख ८९ हजार विनियोजित बजेटमध्ये २० करोड ५६ लाख ६२ हजार ९४ बजेट फ्रिज भएको हो । चालु तर्फ  ६५ करोड ५३ लाख २१ हजार एक सय ९३ विनियोजित बजेटमध्ये  १३ करोड दुई लाख ७६ हजार दुई सय २२ फ्रिज भएको छ ।

यस्तै सङ्घीय सरकारको चालु तर्फको  पाँच अर्ब ३९ करोड २१ लाख ६५ हजार सात सय ४२ विनियोजित बजेटमध्ये  १८ करोड ५३ लाख ७५ हजार नौ सय ३२ बजेट फ्रिज भएको छ । सङ्घीय सरकारको पुँजीगत तर्फ  एक अर्ब ५१ करोड ९५ लाख ७२ हजार छ सय विनियोजित बजेटमा  १३ करोड ८६ लाख ७९ हजार छ सय १६ रकम फ्रिज भएको कोष नियन्त्रक पाण्डेको भनाइ छ ।

अर्घाखाँचीमा आव २०७९/८० मा लुम्बिनी प्रदेश सरकारको चालु तथा पुँजीगत  एक अर्ब ९९ सय करोड १९ लाख १० हजार एक सय ९३ र सङ्घीय सरकारको पुँजीगत तथा चालुतर्फ  छ अर्ब ९१ करोड १७ लाख ३८ हजार तीन सय ४२ गरी  आठ अर्ब ९० करोड ३६ लाख ४८ हजार पाँच सय ३५ बजेट विनियोजन भएको थियो ।  रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot