Logo

कांग्रेसका साथीहरु भ्रममा नपर्नुस्, विपी मार्क्स र लेलिनबाट प्रभावित हुनुहुथ्योः बाबुराम भट्टराई



काठमाडौं, २५ भदौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वर्गीय विपी कोईराला मार्क्स र लेलिनबाट प्रभावित व्यक्ति भएको दाबी गरेका छन् ।

आज (सोमबार) नेपाली कांग्रेसले केन्द्रीय कार्यालयमा आयोजना गरेको विपी साहित्य महोत्सवमा उनले कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई भ्रममा नपर्न आग्रह गर्दै विपी मार्क्स र ललिनबाट आकर्षित भएको दाबी गरेका हुन् । उनले विपी मार्क्स र ललिनबाट आकर्षित थिए भन्ने कुराको पुष्टिका लागि पृथाङ्कर मुखर्जी र विपीको अन्तरवार्ता खोजेर हेर्न आग्रहसमेत आग्रह गरे ।

‘धेरै कांग्रेसका साथीहरु र उहाँ (विपी) का परिवारजनहरु अहिले पनि भ्रममा हुनुहुन्छ । म आग्रह गर्न चाहन्छु, विपीमाथि अन्याय नगरौं । विपी बहुआयमिकमात्रै हैन, गतिशील व्यक्ति हुनुहुन्थ्यो । उहाँले आफूलाई निरन्तर नवीकरण गरिराख्नुहुन्थ्यो ।’ उनले भने, ‘पछिल्लो पटक उहाँले अन्तरवार्ता दिनु भएको थियो पृथाङ्कर मुखर्जीलाई । त्यो अन्तरवार्ता सबैले हेर्नुहोला भन्ने मेरो आग्रह छ । अन्तिम बेलासम्म पनि तपाईँ माक्र्सतिर कि ईश्वरतिर भन्दा म त माक्र्सतिर भन्नु भएको छ उहाँले । माक्र्स र लेलिनपट्टी उहाँ आकर्षित हुनुहुन्थ्यो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot