Logo

पैसा मागेको आरोप प्रमाणित गर्न रास्वपाका नेता थापाको ढाकाकुमारलाई चूनौति



काठमाडौं, २५ भदौ । रास्वपाका केन्द्रीय सदस्य मोहनजंग थापाले पूर्व सांसद ढाकाकुरमा श्रेष्ठले मन्त्री बनाउनको लागि आफले पैसा मागेको भनेर नाम मुछेपनि स्पष्टीकरण दिएका छन् । उनले श्रेष्ठको उक्त अभिव्यक्ति झुटो, कपोकल्पित रहेको भन्दै त्यसप्रति आफ्नो गम्भीर ध्यानाकार्षण भएको बताएका छन् । सामाजिक सञ्जाल फेशुबकमार्फत उनले आफूमाथि लगाएको आरोप प्रमाणित गर्न चूनौतिसमेत दिएका छन् ।

थापाले लेखेका छन्-

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्वाहीमा परेका पुर्व–सांसद ढाका कुमार श्रेष्ठले एक टेलिभिजन अन्तर्वार्तामा मेरो नाम लिएर उनलाई मन्त्री बनाउने भन्दै पैसा मागेको झुठो, कपोल्कल्पित आरोप लगाएको प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ। म उनलाई यो आरोप प्रमाणित गर्न चुनौती दिन्छु।

आफ्नो भनाइ पुष्टि हुने एउटा पनि प्रमाण देखाए पार्टीले गर्ने जुन सुकै कारवाही भोग्न पनि तयार रहेको जानकारी गराउन चाहन्छु। उनको गैर जिम्मेवार अभिव्यक्तिले पर्न गएको असर बारे कानुनी परामर्शमा छु र छिट्टै अदालत जानेछु।

पार्टीको अनुशासन समिति, केन्द्रिय समिति तथा संसदीय दलमा उनले दिएको बयान र विवरण रेकर्ड मै रहेको होला भन्ने समेत स्मरण गराउन चाहन्छु। धन्यवाद।

पैसा मागेको अडियो बाहिरिएपछि सांसद पद गुमाएका ढाकाकुमार मिडियामा, खोले पैसा माग्नेको नाम (भिडिओसहित)



प्रतिक्रिया दिनुहोस्